Saturday, January 22, 2011

फेरि आयो रात प्यास लिएर


फेरि आयो रात - प्यास लिएर
फेरि लाग्यो मात - सास पिएर
मोहनी लागे जस्तो, पहिलो प्रेम जस्तो
फेरि आयो रात - प्यास लिएर

मेरो सुन्ने कोही छ कि, आफ्नो ठान्ने कोही छ कि ?
मेरो मन बहकिंदा, साथ दिने कोही छ कि ?
पिलाई दिने कोही छ कि ?

उसको ओठ जस्तो, मिठो गीत जस्तो
फेरि आयो रात - प्यास लिएर

भोलि कस्ले देख्या' छ र, मरिलानु के नै छ र ?
बरु मर्छु म पिएर, यहाँ को नै अमर छ र ?
यहाँ को नै खुशी छ र ?

पहिलो चोट जस्तो, गहिरो खोट जस्तो
फेरि आयो रात - प्यास लिएर

No comments:

Post a Comment